फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको पहिलो तिब्बती भाषाको चलचित्र प्रदर्शनीमा

(GMT+08:00) 2015-01-30 19:10:35

       हिजो उन्तीस तारिख चीनको पहिलो तिब्बती भाषाको चलचित्र तिब्बतको आकाश ल्हासामा अनौपचरिक रुपमा प्रदर्शनी भएको छ। भोलि एकतीस तारिखदेखि सो चलचित्र ‌औपचारिक रुपमा प्रदर्शनी हुनेभएको छ।

        चलचित्रमा चालीस वर्षमा भूदास मालिक र भूदासबीचको कथामार्फत गत शताब्दीको चालीसऔँ दशकदेखि असीऔँ दशकसम्म तिब्बती शान्तिपूर्ण मुक्ति तथा लोकतान्त्रिक सुधार अवधिमा तिब्बतको विकास तथा परिवर्तन प्रतिबिम्बित भएको छ। चलचित्रमा तिब्बतीहरुको भाग्य र अवधारणाको परिवर्तनलाई जिवन्त रुपमा देखाइएको छ।

         सो चलचित्र बनाउन पाँच वर्ष लागेको छ। अभिनेता-अभिनेत्रीमध्ये धेरैजसो तिब्बती रहेका छन र पूरै चलचित्रको तिब्बतमा खिचिएको हो। चलचित्रको सबै संवाद तिब्बती भाषामा रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ