फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ राजदूतद्वारा सिद्धार्थ वसनस्थली इन्स्टिच्युटलाई 59 थान कम्प्युटर प्रदान

(GMT+08:00) 2015-02-28 19:05:58

         नेपालका लागि चिनियाँ राजदूत उ छुन्थार्इले नेपालको आर्थिक विकासले छिट्टै गति लिने बताउनु भएको छ। अरनिको समाजारा सिद्धार्थ वनस्थली इन्स्टिच्युट बालाजुमा आयोजित कम्प्युटर हस्तान्तरण समारोहमा प्रमुख अतिथिका रुपमा राजदूत ऊले सो विचार व्यक्त गर्नु भएको हो। सम्वोधनका क्रममा चिनियाँ राजदूत ऊ छुन्थार्इले नेपाल र चीन पूर्वीय सभ्यतामा हुर्किएका प्राचिन कालदेखिका असल मित्र भएको बताउनुभयो। 30 वर्ष अघिसम्म चीन पनि आर्थिक विकासका हिसावले हालको नेपालकै अवस्थामा रहेको स्मरण गर्दै शिक्षामा उच्चतम लगानी र राजनीतिक स्थिरताको कारणले चीनले तिब्र ढंगबाट विकास गरेको जानकारी दिनुभयो।

     

         चिनियाँ राजदूतले नेपाली जनता वीर, ज्ञानी, सहयोगी र स्वाभिमानी रहेको बताउदै शिक्षाको विकासमा नेपालमा भैरहेको लगानीले नेपालको आर्थिक विकासलार्इ छिट्टै नै गति दिने विश्वास व्यक्त गर्नुभयो। सिद्धार्थ वनस्थली इन्स्टिच्युटलार्इ 59 थान कम्प्युटर हस्तान्तरण गर्दै अरनिको समाजका अध्यक्ष डाक्टर सर्वोत्तम श्रेष्ठले सर्वसाधारण नेपाली जनतालार्इ लाभ पुग्ने कार्यक्रमहरुको माध्यमबाट नेपाल र चीनबीचको सम्वन्धलार्इ जनस्तरसम्म विस्तार गर्ने उद्देश्य लिएको अरनिको समाजले यस्ता कार्यक्रमहरुलार्इ अझ बढाउँदै लैजाने बताउनुभयो।

          सो कार्यक्रमलार्इ सम्बोधन गर्दै सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्रिन्सिपल रुपक राजवंशीले इन्स्टिच्युटको प्राविधिक विकासका लागि कम्प्युटर उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा अरनिको समाज र चीन सरकारलार्इ धन्यवाद दिनुभयो। नेपाल र चीनबीचको सम्वन्ध अरनिको र भृकुटीको समयभन्दा पनि प्राचिन रहेको बताउँदै प्रिन्सिपल राजवंशीले दौत्य सम्बन्ध स्थापना पश्चात दुवैदेशका जनतामाझ आत्मीय सम्वन्धको अभिवृद्धि भएको बताउनुभयो। चीनको उहान विश्व विद्यालय र इन्स्टिच्युटबीच 15 वर्ष पूरानो सम्वन्ध भएको जानकारी दिँदै प्रिन्सिपल राजवंशीले भविष्यम दुवै शैक्षिक संस्थाबीच अरु प्रगाढ सम्वन्ध स्थापना हुने विश्वास व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ