फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय समाजसँग मिलेर आतंकवादमाथि प्रहार गर्न चीन सदैव तत्पर:लिउ सिन ह्वा

(GMT+08:00) 2015-03-02 19:30:48

    जनराजनैतिक परामर्शदात्री सम्मेलनको बाह्रौं राष्ट्रिय समिति अन्तर्गत तेस्रो अधिवेशनका प्रेस प्रवक्ता लिउ सिन ह्वाले 2 तारिखका दिन बोल्दै चीनले अविच्छिन्न रुपमा अन्तर्राष्ट्रिय समाजसँग हातमा हात मिलाएर आतंकवादमाथि प्रहारका लागि समर्थन दिएको कुरा बताउनुभएको छ। गत वर्ष चीनका सम्बन्धित विभागले पूर्वी टर्कीस्तान इस्लामिक मुभमेन्ट आतंकवादी संगठनका गतिविधिमाथि प्रहारलाई आफ्नो मुख्य र प्रथम उद्देश्यको रुपमा लिएर महत्वपूर्ण रुपमा दक्षिण एशिया, मध्य एशिया र दक्षिण-पूर्वी एशिया आदि छिमेकी मुलुकहरुसँग आतंकवाद विरोधी सहयोगलाई अघि बढाएको उहाँले बताउनुभयो।

    यसका साथै लिउ सिन ह्वाले चीनले गहिरो रुपमा संयुक्त राष्ट्र संघ, शाङहाई सहयोग संगठन र विश्वव्यापी आतंकवाद विरोधी मञ्च आदिमा बहुपक्षीय सहयोगात्मक संयन्त्रमा संलग्न रहेर अन्तर्राष्ट्रिय आतंकवाद विरुद्धको लडाईंमा महत्वपूर्ण योगदान दिएको कुरा पनि बताउनुभयो

जानकारी तथा लेखहरु
सुझाउ