फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अवको 20 वर्षमा काठमाडौँको जनसङ्ख्या 80 लाख पुग्ने

(GMT+08:00) 2015-03-03 18:56:31

    बसाइँसराइ अहिलेकै गतिमा गए अबको 20 वर्षमा काठमाडौँको जनसङ्ख्या 80 लाख पुग्ने आङ्कलन गरिएको छ । काठमाडौँ उपत्यकाको अत्यधिक जनसङ्ख्या वृद्धिसँगै दीर्घकालीन रुपमा पर्ने यातायातको समस्या सम्बन्धमा 'लिभेबल काठमाडौँ' नामक संस्थाले आज आयोजना गरेको छलफलमा काठमाडौँ क्षेत्रमा भएको अत्यधिक जनसङ्ख्या र सवारी साधनको अवस्थालाई ध्यान दिई बाटो विस्तार गर्नुभन्दा मेट्रो रेल बनाउन सुझाव दिइयो।

    कार्यक्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापाले अत्यधिक बसाइँसराइँका कारण जनसङ्ख्या बढेको बताउनुभयो । डा सूर्यराज आचार्यले साना सवारीसाधनलाई तत्काल हटाउनुपर्ने बताउँदै भन्नुभयो— "बाटो साँघुरो र अत्यधिक साना सवारी साधनले गर्दा दिनानुदिन जनता जाम खेप्न बाध्य छन् ।"

    नागरिक अगुवा कनकमणि दीक्षितले यातायातलाई व्यवस्थित बनाउने प्रमुख दायित्व सरकारको भएको बताउनुभयो । कार्यक्रममा वातावरणविद् भूषण तुलाधार, कमल पाण्डे, वसन्त गिरीलगायतले उपत्यकाको सवारी साधनको बारेमा चासो व्यक्त गर्नुभएको थियो । काठमाडौँ उपत्यकामा भइरहेको खानेपानी, ढल, जलवायु, ऊर्जा, यातायात र फोहोरमैलाको बारेमा संस्थाले विज्ञसँग छलफल तथा अन्तक्रिया गर्दे आइरहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ