फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

धेरै मुलुकका नेतागणद्वारा युक्रेनको परिस्थितिबारे छलफल

(GMT+08:00) 2015-03-03 19:00:01

    अमेरिकी विदेश मन्त्री जोन केरीले रुसी विदेश मन्त्री सेर्गेइ लाभरोभसँग स्वीट्जरल्याण्डको जेनेभामा युक्रेनको र सिरियाको परिस्थिति तथा इरानको आणविक समस्या आदि विषयबारे छलफल गर्ने ध्येयले दुई तारिखका दिन भेट-वार्ता गर्नुभएको छ। सोही दिन फ्रान्स,जर्मन,रुस र युक्रेनका नेतागणले नयाँ मिन्स्क सम्झौतालाई व्यवहारमा उतार्नका लागि टेलिफोन-वार्ता पनि गर्नुभएको छ।

    केरीका अनुसार हालसम्म युक्रेनको पूर्वी भागमा भएको भिडन्त र हताहतको स्थिति अझै साम्य भएको छैन। युद्ध विराम कायम नभएको स्थितिमा यस सम्झौतामा उल्लेख विषयलाई व्यवहारमा उतार्न गाह्रो छ। त्यसैले उहाँले लाभारोभसँगको यस वार्तामार्फत् स्थितिको सामान्यीकरणका लागि पहल हुने आशा गर्नुभएको छ।

    यस्तै फ्रान्सको राष्ट्रपति हाउसले 2 तारिखका दिन जनाएअनुसार फ्रान्सका राष्ट्रपति फाँस्वा होलाण्दे र जर्मनी चान्सलर एङ्गेला मर्केलले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति पेत्रो पोरोशेन्कोसँग फेब्रुअरी 12 तारिख भएको मिन्स सम्झौताको व्यवहारिक कार्यान्वयन स्थितिबारे छलफल गर्नका लागि सोहि दिन बेलुका टेलिफोन-वार्ता गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ