फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीद्वारा इरानसँग आणविक योजनासम्बन्धी सूचना उपलब्ध गराउन आग्रह

(GMT+08:00) 2015-03-03 19:03:06

    अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीका महाप्रबन्धक युकिया अमानोले दुई तारिख एजेन्सीले इरानलाई प्रस्तुत गरेको आणविक योजना र समस्याको इरानले जवाफ दिनुपर्ने बताउँदै इरानले ती समस्याहरुबारे छानबिन गर्नु आवश्यक नभएको बताउनुभएको छ।

    युकिया अमानोले सोही दिन भियनामा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

    यस्तै अमेरिकी परराष्ट्र मन्त्री केरीले दुई तारिख जेनेभामा आयोजित संयुक्त राष्ट्र संघीय मानव अधिकार समितिको 28औं सम्मेलनमा भाग लिनुभएको थियो। उहाँले उक्त सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा इरानको आणविक समस्यासम्बन्धी छ मुलुकले इरानको आणविक समस्याको समाधान गर्ने उत्तम तरीका चौतर्फी सम्झौता नै भएको कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ