फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जन राजनैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिको शुभारम्भ

(GMT+08:00) 2015-03-03 19:34:26

    जन राजनैतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिअन्तर्गत तेस्रो अधिवेशन तीन तारिखका दिन पैचिङमा शुभारम्भ भएको छ। यो सँगै सन् 2015 का चिनियाँ दुई महाधिवेशन औपचारिक रुपमा उद्‌घाटन गरिएको छ।

    चिनियाँ कम्युनिष्ट पार्टी र देशका नेतागण सी चिन फिङ, ली ख छ्याङ,चाङ द च्याङ,यु चङ शङ,लिउ युन शान,वाङ छी शान,चाङ काउ लीले यस उद्‌घाटन समारोहमा भाग लिनुभएको छ। जन राजनैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष यु चङ शङले जन राजनैतिक परामर्शदात्री सम्मेलन स्थायी समितिको कार्य प्रतिवेदन प्रस्तुत गर्नुभएको छ।

    यो पटक आयोजित भएको जन राजनैतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिअन्तर्गत तेस्रो अधिवेशनले जन-इच्छा अनुसार जन प्रजातान्त्रिक परामर्शमा राजनैतिक परामर्शदात्री सम्मेलनको भूमिका स्पष्ट रुपमा निर्वाह गरिनुपर्दछ,जसले चीनको सुधार,विकास,स्थीरताका लागि सुझाव प्रस्तुत गर्नेछ।

    दश दिनसम्म चल्ने यस सम्मेलनमा जम्मा जन राजनैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका 2 हजार जना सदस्य र चिनियाँ जन कांग्रेस राष्ट्रिय समितिका 3 हजार जना जति सदस्यहरुले विभिन्न सुधारका कदमलाई व्यवहारमा उतार्न र दिगो आर्थिक विकास गर्नका लागि आ-आफ्नो सुझाव प्रस्तुत गर्नुहुने छ।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ