फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा अवतरणका क्रममा टर्कीको विमान दुर्घटना

(GMT+08:00) 2015-03-04 18:16:36

टर्कीको इस्तानबुलबाट 227 यात्रु बोकेर काठमाडौँ आएको टर्किस एयरलाइन्सको विमान बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ। विमान पहिलोपटक अवतरण गर्न खोज्दा असफल भएपछि दोस्रोपटक पुनः अवतरण गर्न खोज्दा अनियन्त्रित भई धावनमार्गबाट बाहिर घाँसे मैदानतिर गएर दुर्घटना भएको हो।

दुर्घटनामा परी चार जना सामान्य घाइते भएका छन् भने अरू सबै यात्रु सकुशल रहेको त्रिभुवन विमानस्थलका प्रबन्धक पूर्ण चुडालले जानकारी दिनुभयो । विमान आपत्कालीन अवतरण गरेलगत्त विमानको एमर्जेन्सी ढोका खोलेर सबै यात्रुलाई बाहिर निकालिएको गोरखापत्र अनलाईनले जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ