बाह्रौं चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको तेस्रो अधिवेशनले चार तारिख विहान जन वृहत सभा भवनमा प्रारम्भिक सम्मेलनको आयोजना गरेको छ। चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समितिका अध्यक्ष चाङ द च्याङले उक्त सम्मेलनको अध्यक्षता गर्नुभएको छ। उक्त सम्मेलनले बाह्रौं चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको तेस्रो अधिवेशनको अध्यक्ष-मण्डल र महासचिवको निर्वाचन गरेको र बाह्रौं चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको तेस्रो अधिवेशनको कार्यसूची पारित गरेको छ।
अध्यक्ष चाङ द च्याङले उक्त सम्मेलनमा बाह्रौं चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको तेस्रो अधिवेशन मार्च महिनाको पाँच तारिख आयोजना हुने जनाउँदै विभिन्न तयारी कार्य पनि पूरा भइसकेको बताउनुभयो।
अध्यक्ष-मण्डल 172 जनाबाट गठन गरिएको छ। ली चेनले को उक्त अधिवेशनका महासचिव हुनुहुन्छ।