फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत र पाकिस्तानबीचको सिमा क्षेत्रको संरक्षण गर्न पाकिस्तानका प्रधानमन्त्रीको आव्हान

(GMT+08:00) 2015-03-04 18:18:19

पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले तीन तारिख पाकिस्तानको भ्रमणमा रहनुभएका भारतीय कूटनीतिक सचिव सुब्रहमन्यम जयशंकरसँग भेटवार्ता गर्दै यी दुबै मुलुकबीचको सीमा क्षेत्रको शान्ति सुरक्षाको लागि आग्रह गर्नुभएको छ।

भेटवार्तामा प्रधानमन्त्री शरिफले हाल भारतसँगको सीमा क्षेत्रमा गराइएको विवादका घटनाप्रति चिन्ता लिनुभयो। उहाँका अनुसार यी दुबै मुलुकले वार्तामार्फत् मतभेदलाई हटाउनुका साथै सहयोगी सम्बन्ध स्थापना गरी साझा समस्या समाधान गर्नसक्ने छन्। साथै उहाँले दक्षिण एशियाली क्षेत्रसँग अत्याधिक प्राकृतिक श्रोतसाधन रहेको बताउँदै यस क्षेत्रका विभिन्न मुलुकका जनताले शान्त जीवन र आर्थिक विकासबाट ल्याउने समृद्धिको उपभोग गर्नसक्ने पनि बताउनुभयो।

गत वर्षको अगष्टमा भारतका लागि पाकिस्तानका उच्च पदाधिकारीले काश्मिरको स्वतन्त्र पार्टीका नेतासँग भेट गरेको कुराप्रति असन्तुष्टी व्यक्त गरेर भारत सरकारले सोही महिना निर्धारित भारत तथा पाकिस्तानबीचको कूटनीतिक सचिव स्तरीय वार्ता रद्द गरेको थियो। जसबाट यी दुबै मुलुकबीचको सम्बन्ध फेरि चिस्सिँदै आएको देखिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ