हाल अन्तर्राष्ट्रिय समाजको शङ्का छ:बलियो तथा शक्तिशाली बनेपछि चीनले कसरी विश्व र छिमेकी क्षेत्रलाई प्रभावित पार्ला?यस प्रश्नप्रति बाह्रौं राष्ट्रिय समितिअन्तर्गत तेस्रो अधिवेशनका प्रवक्ता फु यिङ्गले दिनुभएको प्रतिक्रियाअनुसार चिनियाँ नेताद्बारा प्रस्तुत "एक पेटी एक मार्ग" रणनीतिको आधारभूत उद्देश्य चीनको विकास उपलब्धिलाई वरिपरिका क्षेत्रमा फैलाउनु हो जसबाट यस क्षेत्रको संयुक्त विकासलाई प्रवर्द्धन गर्न सकिनेछ।
धेरै वर्षको सुधार तथा खुलापनबाट चीनले आधारभूत प्रबन्धको निर्माण क्षेत्रमा धेरै प्रविधि र अनुभव हासिल गरेको छ। यी पूर्वाधारमा आधारित रहने आशा चीनले गरेको छ भने लगातार "एक पेटी एक मार्ग"को निर्माणलाई प्रवर्द्धन गर्दै वरिपरिका क्षेत्रलाई अझ बढी विकासको अवसर दिलाउनेछ।