फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय समाजद्बारा इबोलाको प्रतिरोधमा चीनको योगदानको प्रशंसा

(GMT+08:00) 2015-03-04 18:19:27

युरोपेली संघ र लाइबेरिया,सियरा लियोन,गिनी,अफ्रिकी संघ,पश्चिम अफ्रिकी मुलुक आर्थिक समूह र संयुक्त राष्ट्र संघद्बारा आयोजित इबोला समस्या सम्बन्धी उच्चस्तरीय सम्मेलन मंगलबार ब्रसेल्समा सुरु भयो। सम्मेलनमा अनेकन पदाधिकारीहरुले इबोलाको प्रतिरोधमा चीनद्बारा गरिएको योगदानको प्रशंसा गरेका छन्।

सियरा लियोनका विदेशी मन्त्री सामुरा कमाराले इबोलाको प्रतिरोधका लागि सियरा लियोनलाई सहायता प्रदान गर्ने पहिलो मुलुकको रुपमा चीनले पूँजी,चिकित्सा उपकरण,गाडी लगायत चार चरणको उद्धार सहयोग पठाएको बताउनुभयो।

अन्तर्राष्ट्रिय आप्रवासी संगठनका महाप्रबन्धक विलिम स्वीङ्गले चीनले अफ्रिकालाई आवश्यक परेको बेला सहयोगी हात दिएको कुरा व्यक्त गर्नुभयो। साथै उहाँका अनुसार वर्तमानमा सबैभन्दा ठूलो चिन्ता भनेको इबोलाको उन्मूलनपछि रोग प्रभावित मुलुकहरुबीचमा संसाधनको सङ्घर्ष हुनसक्ने सम्भावना छ।

जानकारी तथा लेखहरु
सुझाउ