फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले तिब्बतको धार्मिक स्वतन्त्रतालाई कुण्ठित छैनःफ्रान्सेली लेखक

(GMT+08:00) 2015-03-04 19:13:04

"दलाई लामा सिद्ध होइनन्" शीर्षकको पुस्तकका फ्रान्सेली लेखक म्याक्सिम विवासले हालै सिन् व्हा समाचार समितिका पत्रकारसँग कुरकानी गर्नुभएअनुसार, उहाँले चीनको तिब्बतको सँस्कृति तथा धर्मसम्बन्धी दोस्रो पुस्तक लेखिरहनुभएको छ। उहाँको दोस्रो पुस्तकले अझै बढी मानिसहरुलाई साँच्चै तिब्बतबारे जानकारी गराउने अपेक्षा गरिएको छ।

सन् 2010मा उहाँले तिब्बतको पहिलो पटक भ्रमण गर्नुभएको थियो। उक्त भ्रमणले उहाँलाई गहिरो छाप पारेको थियो। तिब्बतको भ्रमण गर्नुभएपछि उहाँले तिब्बतप्रति चासो लिइरहनुभएको छ। उहाँले "दलाई लामा सिद्ध होइनन्" शीर्षकको पुस्तक प्रकाशित गर्नुभएको छ।

उहाँकाअनुसार, तिब्बतको भ्रमण गर्नुअघि उहाँले तिब्बतबारे पश्चिममा फैलिएको प्रचार-प्रसार अपारदर्शी थियो त्यसैले उहाँलाई चीन सरकारले तिब्बतको धार्मिक स्वतन्त्रतालाई कुण्ठित गरेको हुनुपर्छ भन्ने लाग्थ्यो। तर उहाँ तिब्बत पुगेपछि अचम्म लाग्यो। तिब्बती भाषाको विज्ञापन र सडक बोर्ड जताजतै लेखिएको पाइन्छ। त्यसपछि उहाँले तिब्बतको विद्यालयको अवलोकन गर्नुभयो। तिब्बतका शिक्षक-शिक्षिकाले तिब्बती भाषाद्वारा विद्यार्थीलाई कक्षा दिएका छन्।

विवासले भन्नुभएअनुसार, उक्त भ्रमणपछि उहाँले चीन सरकारले तिब्बतको धार्मिक स्वतन्त्रतालाई कुण्ठित गरेको छैन भन्ने अनुभव गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ