फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौं राष्ट्रिय जन काङ्ग्रेसको तेस्रो अधिवेशन सुरु

(GMT+08:00) 2015-03-05 18:29:20

बाह्रौं राष्ट्रिय जन काङ्ग्रेसको तेस्रो अधिवेशन पाँच तारिख विहान जनबृहत् सभाभवनमा सुरु भएको छ। अधिवेशनको कार्यसूचीबमोजिम राज्य परिषदको तर्फबाट प्रधानमन्त्री ली ख छ्याङ्गले सरकारी प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। छ भागमा विभाजित यस प्रतिवेदनमा सन् 2014को कार्यको पुनरावलोकन, सन्2015को कार्यको समष्टिगत बन्दोबस्ती,सुधार तथा खुलापनको गहन प्रवर्द्धन,अर्थतन्त्रको स्थिर बृद्धि र आर्थिक बनौटको सुव्यवस्थापन, नागरिक जीवन सुधार र सामाजिक निर्माणको निरन्तर विकास, सरकारी कार्यशैली प्रवर्द्धन भन्ने विषय समेटिएका छन्।

‌सरकारी कार्यको समष्टिगत बन्दोबस्त सम्बन्धका अनुसार मध्य-उच्च गतिको बृद्धिलाई कायम राख्दै नीति तथा पूर्वानुमानलाई स्थिर पार्नुका साथै सुधार तथा बनौटको सुव्यवस्थापनको प्रवर्द्धनलाई कायम राख्नुपर्छ। जाति, धर्म तथा प्रवासी मामिलामा जातिय स्वायत्तता प्रणालीलाई कायम राख्दै अविकसित र अल्पसंख्यक जातीय क्षेत्रको विकास समर्थनलाई बढाउनुपर्छ। कूटनैतिक क्षेत्रमा प्रतिवेदनले राष्ट्रिय सार्वभौमिकताको सुरक्षाप्रति द्दढता कायम गर्दै सहयोग तथा साझा फाइदालाई केन्द्रको रुपमा लिइने नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको निर्माणलाई प्रवर्द्धन गर्नुपर्छ।

अधिवेशनको कार्यसूचिबमोजिम जन काङ्ग्रेसले राज्य परिषदको सन्2014 नागरिक अर्थतन्त्र र सामाजिक विकास योजनाको कार्यान्वयन अवस्था,सन्2015 नागरिक अर्थ तथा सामाजिक विकास योजना मस्यौदा प्रतिवेदन,सन्2014को सरकारी तथा स्थानीय क्षेत्रीय बजेटको कार्यान्वयन अवस्था, सन् 2015सरकारी तथा स्थानीय क्षेत्र बजेट योजना मस्यौदा प्रतिवेदन जाँचबुझ गर्ने भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ