फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौं चिनियाँ राष्ट्रिय जनकाँग्रेसको तेस्रो अधिवेशनको दोस्रो पूर्ण सम्मेलन

(GMT+08:00) 2015-03-08 18:20:44
    बाह्रौं चिनियाँ जन काँग्रेसको तेस्रो अधिवेशनमा 8 तारिख दिउँसो दोस्रो पूर्ण सम्मेलनको आयोजना गरिएको छ। सी चिन फिङ,चाङ द च्याङ,यु चङ शङ,लिउ युन शान र चाङ काउ लीले यस सम्मेलनमा भाग लिनुभयो।

    जम्मा 2 हजार 8 सय 75 जना प्रतिनिधिहरुले सम्मेलनमा भाग लिएपछि सो संख्या आवश्यक गणपूरक संख्याको परिधि अनुकूल भएको छ।अधिवेशनको अध्यक्ष मण्डलका स्थायी अध्यक्ष शङ युअ युअले यस सम्मेलनको अध्यक्षता गर्नुभएको थियो। अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा उहाँले अधिवेशनको अध्यक्ष मण्डलको प्रतिनिधित्व गरी विभिन्न महिला प्रतिनिधि तथा कर्मचारीहरु, चीनका विभिन्न जाति तथा विभिन्न क्षेत्रका महिलाहरु र विश्वका विभिन्न मुलुकका महिलाहरुप्रति अभिवादन व्यक्त गर्नुभयो।

    त्यसपछि चिनियाँ जन-काँग्रेस स्थायी समितिका अध्यक्ष चाङ द च्याङले चिनियाँ जन-काँग्रेस स्थायी समितिको कार्य प्रतिवेदन प्रस्तुत गर्नुभयो।यस प्रतिवेदनमा उहाँले वितेको एक वर्षमा स्थायी समितिबाट गरिएको कामकार्वाहीबारे प्रस्तुत गर्नुका साथै चालू वर्षको काम पनि जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ