फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2015मा चीनको कूटनीतिको मुख्य विषयवस्तु "एक महत्वपूर्ण बिन्दु, दुई मुख्य लाइन"

(GMT+08:00) 2015-03-08 18:23:40
    चीनका परराष्ट्र मन्त्री वाङ यीले आठ तारिख पैचिंगमा सन् 2015मा चीनको कूटनीतिको मुख्य विषयवस्तु "एक महत्वपूर्ण बिन्दु, दुई मुख्य लाइन" हो भन्दै "एक महत्वपूर्ण बिन्दु" "एक पेटी एक मार्ग"लाई चौतर्फी रुपमा बढाउनु हो, "दुई मुख्य लाइन" अन्तर्गत शान्ति र विकास भएको कुरा बताउनुभएको छ।

    उहाँले सोही दिन बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको तेस्रो अधिवेशनद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

    सन् 2015मा चीनको कूटनीतिक कार्यबारे चर्चा गर्दै उहाँले चालू वर्षमा चीनले चौतर्फी कूटनीतिलाई विस्तार गर्ने, पारस्परिक हितयुक्त सहयोगको प्रभावकारी बाटोको अन्वेषण गर्ने, पारस्परिक सम्पर्कको आधारभूत प्रबन्ध, स्थलगत आर्थिक करिडोर, समुद्री सहयोगआदि क्षेत्रको निर्माणलाई अगाडि बढाउने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ