फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाङ्ग द च्याङ्ग, यु चङ्ग शङ्ग, वाङ्ग छि शान तथा चाङ्ग काउ ली लेखाजोखा बैठकमा सहभागी

(GMT+08:00) 2015-03-10 19:50:17

        चिनियाँ कम्युनिष्ट पार्टी तथा चीनका नेताहरु चाङ्ग द च्याङ्ग, यु चङ्ग शङ्ग, वाङ्ग छि शान तथा चाङ्ग काउ लीले आज दश तारिख बेग्ला बेग्लै बाह्रौँ राष्ट्रिय जन काँग्रेसको तेस्रो अधिवेशनका केही प्रतिनिधि मण्डलको लेखाजोखा बैठकमा भाग लिनुभएको छ।

        चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका स्थायी सदस्य एवंबार्‍हौँ राष्ट्रिय जन कंग्रेसको स्थायी समितिका अध्यक्ष चाङ्ग द च्याङ्गले दश तारिख विहान कान सु प्रान्तको प्रतिनिधि मण्डलको लेखाजोखा बैठकमा भाग लिनुभएको छ। उहाँले प्रतिनिधिको कुरा सुनेपछि सुधार तथा विकास र नागरिकको जीवनस्तर सुधार बीचको सम्बन्ध उचितरुपमा मिलाउनुपर्ने र सर्वसाधारण विकासबाट लाभान्वित हुनु पर्ने बताउनुभयो।

        चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका स्थायी सदस्य एवम् चिनियाँ जन राजनीतिक परामर्श दात्री सम्मेलनका अध्यक्ष यु चङ्ग शङ्गले दश तारिख दिउँसो निङ्ग स्या प्रान्तको प्रतिनिधि मण्डलको लेखाजोखा बैठकमा भाग लिनुभएको छ। उहाँले प्रतिनिधिहरूको कुरा सुनेपछि कानूनअनुसार धार्मिक मामिलाको व्यवस्थापन गर्नुपर्ने, धर्मावलम्बीहरू तथा सर्वसाधारणलाई उत्पादनको विकास तथा जीवनको सुधार गर्नका लागि निर्देशन दिनुपर्ने कुरा व्यक्त गर्नुभएको छ।

        चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका स्थायी सदस्य एवं केन्द्रीय समिति मातहत अनुशासन निरीक्षण समितिका सचिव वाङ्ग छि शान, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका स्थायी सदस्य एवम् उपप्रधानमन्त्री चाङ्ग काउ लीले बेग्ला बेग्लैरुपमा वल्लो शान सि प्रान्तको प्रतिनिधि मण्डलको लेखाजोखा बैठक र क्वाङ्ग तुङ्ग प्रान्तको प्रतिनिधि मण्डलको लेखाजोखा बैठकमा भाग लिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ