फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सपनालाई साकार तुल्याउनका लागि चीनका राष्ट्राध्यक्ष सी चिन फिंगद्वारा प्रस्तुत गरिएको "चार वटा पूर्ण राजनैतिक उद्देश्य"लाई विदेशी सञ्चार माध्यमद्वारा प्राथमिकता दिइएको

(GMT+08:00) 2015-03-11 16:14:14

        चीनका राष्ट्राध्यक्ष सी चिन फिंगले प्रस्तुत गर्नुभएको "चार वटा पूर्ण राजनैतिक कार्ययोजना" शीर्षकमा एउटा प्रस्ताव प्रस्तुत गर्नुभएको छ। सो "चार वटा पूर्ण राजनैतिक कार्ययोजना" मा पहिलो, पूर्ण रुपमा सम्पन्न समाजको स्थापना गर्नुपर्ने;दोस्रो,पूर्ण रुपमा सुधारको नीतिलाई गहन पार्नुपर्ने;तेस्रो,मुलुकलाई कानुन बमोजिम पूर्ण शासित गर्ने-गराउने;चौथो,पार्टीलाई पूर्ण कडाईका साथ सञ्चालन गर्ने यी "चार वटा पूर्ण राजनैतिक उद्देश्य"लाई विभिन्न सञ्चार माध्यमले प्राथमिकता दिएको छ।

         गत वर्षको डिसेम्बरमा च्याङ्गसु प्रान्तको निरीक्षण भ्रमणको क्रममा राष्ट्राध्यक्ष सीले पहिलो पटक यी "चार वटा पूर्ण राजनैतिक उद्देश्य"प्रस्तुत गर्नुभएको थियो।

         यस वर्षको चीनको "दुई अधिवेशन" अघि सिंगापुरको "ल्येन ह चाउ पाउ" पत्रिकामा चीनका राष्ट्राध्यक्ष सी चिन फिंगद्वारा प्रस्तुत गरिएको "चार वटा पूर्ण राजनैतिक उद्देश्य" नै यस "दुई अधिवेशन"को मुख्य विषय बन्ने उल्लेख गरिएको थियो।

         बेलायतको बिबिसिको इन्टर्नेटमा पनि चीनद्वारा आर्थिक क्षेत्रमा सफलता प्राप्त गरेपछि मुलुकमा सुशासनका लगि "चार वटा पूर्ण राजनैतिक उद्देश्य" प्रस्तुत गरिएको जनाएको थियो।

         जापानको "द डिप्लोम्याट" पत्रिकामा पनि चीनको सपनालाई साकार तुल्याउनका लागि चीनका राष्ट्राध्यक्ष सी चिन फिंगले "चार वटा पूर्ण राजनैतिक उद्देश्य" प्रस्तुत गरेको उल्लेख गरिएको छ।

         त्यसै गरी अमेरिकी द असोसिएटेड प्रेसले पनि चीनको सपनालाई साकार तुल्याउने क्रममा "चार वटा पूर्ण राजनैतिक उद्देश्य" प्रमुख कदम भएको जनाइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ