फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको "पार्टीलाई पूर्ण कडाईका साथ सञ्चालन गर्ने"विषयलाई विदेशी सञ्चार माध्यमद्वारा उच्च मूल्याङकन

(GMT+08:00) 2015-03-11 16:14:43

       चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं अधिवेशनदेखि चीन सरकारले भ्रष्टाचारको कडा विरोध गर्दैआएको छ। हालसम्म भ्रष्टाचार विरोधी गतिविधीमा ठूलो प्रगति हासिल भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिंगद्वारा प्रस्तुत "पार्टीलाई पूर्ण कडाईका साथ सञ्चालन गर्ने" सम्बन्धीत नीतिमा भ्रष्टाचारको कडा विरोध गर्न जोड दिनुभएको छ। विदेशी सञ्चार माध्यमले यस विषयको उच्च मूल्याङकन गरेका छन्।

         अमेरिकी " द हफिङ्गटन पोस्ट" मा मार्च दुई तारिख प्रकाशित गरिएको एउटा लेखमा "पार्टीलाई पूर्ण कडाईका साथ सञ्चालन गर्ने" "चार वटा पूर्ण राजनैतिक कार्ययोजनाहरु"मध्ये नविन शक्ति भएको उल्लेख गरिएको छ।

     "रोइटर्स"मा प्रकाशित गरिएको लेखमा विगतको वर्षमा चीनको भ्रष्टाचार विरोधी कदमबाट चीन सरकारद्वारा "पार्टीलाई पूर्ण कडाईका साथ सञ्चालन गर्ने" अठोट देखाइएको उल्लेख गरिएको थियो।

         पाकिस्तान-चीन संघका प्रमुख फेजल उर रहमानले भ्रष्टाचार विश्वका विभिन्न मुलुकको रोग भएको बताउनुभयो। साथै उहाँले चीन सरकारले भ्रष्टाचार विरोध सम्बन्धीत कदममार्फत ठूलो सफलता प्राप्त गरेको पनि बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ