फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व नीतिबाट नयाँ प्रक्रियामा प्रगति

(GMT+08:00) 2015-03-11 16:15:15

         हालै आयोजित चीनको दुई वटा राष्ट्रिय अधिवेशनको अवधिमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले सम्बोधन गर्दै "चार वटा पूर्ण राजनैतिक कार्ययोजना" शीर्षकमा एउटा प्रस्ताव प्रस्तुत गर्नुभएको छ। सो "चार वटा पूर्ण राजनैतिक कार्ययोजना" मा पहिलो, पूर्ण रुपमा सम्पन्न समाजको स्थापना गर्नुपर्ने;दोस्रो,पूर्ण रुपमा सुधारको नीतिलाई गहन पार्नुपर्ने;तेस्रो,मुलुकलाई कानुन बमोजिम पूर्ण शासित गर्ने-गराउने;चौथो, पार्टीलाई पूर्ण कडाईका साथ सञ्चालन गर्ने बिषयहरु रहेका छन्।

        राष्ट्राध्यक्ष सीबाट सो "चार वटा पूर्ण राजनैतिक कार्ययोजना" प्रस्तुत गरेपछि विदेशका धेरै सञ्चार माध्यमले यसबारे चर्चा गर्दै आएका छन्।

        जापानको "कुटनीतिक विद्वान"नामक पत्रिकाले "चीनको राष्ट्राध्यक्ष सी चिन फिङ्गले चिनियाँ सपना साकार तुल्याउन राष्ट्रिय कार्ययोजना बनाएको"शीर्षकमा लेख प्रकाशित गर्दै उहाँको यी चार वटा पूर्ण राजनैतिक कार्ययोजनाको ठोस जानकारी दिइएको थियो।

         अमेरिकाको "अन्तर्राष्ट्रिय राजनीति"नामक पत्रिकामा"चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले प्रस्तुत गरेको राजनैतिक कार्ययोजनाबाट हेर्दा चीन परिपक्व देखिएको"शीर्षकमा लेखसहित सो चार वटा पूर्ण राजनैतिक कार्ययोजनाका बिषय पनि प्रकाशित गरेको छ।

         जर्मनीको "विश्व पत्रिका"नामक पत्रिकाले चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले प्रस्तुत गरेका चार वटा पूर्ण राजनैतिक कार्ययोजनाले चीनका सम्पुर्ण जाति तथा जनतालाई सक्रिय प्रोत्साहन दिने र चीनलाई विश्वमा एउटा सबल मुलुक बनाउने बिषयमा समाचार प्रकाशित गरेको छ।

        यस बाहेक दक्षिण कोरिया,स्पेन,सिंगापुर तथा मलेशिया लगायतका विभिन्न विदेशी मुलुकका सञ्चार माध्यमले पनि राष्ट्राध्यक्ष सी चिन फिङ्गले प्रस्तुत गर्नुभएको चार वटा पूर्ण राजनैतिक कार्ययोजनाको जानकारीसहितको समाचार प्रकाशित गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ