फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा मुख्य थाइवान सम्बन्धमा महत्वपूर्ण सम्बोधन

(GMT+08:00) 2015-03-11 15:39:09

         चिनियाँ राज्य परिषद अन्तर्गत थाइवान कार्यालयका प्रवक्ता फान ली छिनले आज एघार तारिख नियमित पत्रकार सम्मेलनमा बोल्नुभयो। उहाँकाअनुसार गत 4 तारिख दिउँसो चिनियाँ कम्यनिष्ट पार्टी केन्द्रीय समितिका महा सचिव, चिनियाँ राष्ट्राध्यक्ष एवं चिनियाँ केन्द्रीय सैनिक आयोगका अध्यक्ष सी चिन फिङ्गले चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन बार्‍हौँ राष्ट्रिय समितिको तेस्रो अधिवेशनमा भाग लिन आउनु भएका थाइवानको क्रान्तिकारी चिनियाँ कोमिन्ताङ पार्टी, थाइवान प्रजातान्त्रिक स्वसाशित लिग र अखिल चीन थाइवान स्वदेशी महासंघका सदस्यहरुसँग छलफल गर्नुभयो। सो अवसरमा राष्ट्राध्यक्ष सीले मुख्य भूमि र थाइवानको सम्बन्धबारे महत्वपूर्ण सम्बोधन पनि गर्नुभयो। उहाँको सम्बोधनले आउने अवधिमा थाइवान सम्बन्धी कार्य र मुख्य भूमि तथा थाईवान बीचको सम्बन्धको विकासलाई निर्देशन गरेको प्रवक्ता फानले बताउनुभयो।

        राष्ट्राध्यक्ष सीले सम्बोधनमा थाइवान समुद्री क्षेत्रको परिवर्तन हेरेर भिविष्यको विकासको रणनीति लिनुपर्ने बताउनु भएको प्रवक्ता फानले भन्नुभयो। त्यसले मुख्यभूमिले थाइवानसँगको सम्बन्धको शान्तिपूर्ण विकासको विश्वास र अठोट देखाएको पनि प्रवक्ता फानले जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ