फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वर्तमान चीनको मुद्राबारेको स्थीर नीति यथावत्

(GMT+08:00) 2015-03-12 19:42:35

         चीनको जन बैँकका गभर्नर चौ स्याउ छ्वाङ्गले नयाँ आर्थिक स्थीर अवस्थामा मुद्राबारेको नयाँ नीति प्रस्तुत गर्नु नपर्ने भन्दै वर्तमान चीनको मुद्राबारेको स्थीर नीति यथावत् भएको बताउनुभयो। उहाँले आज बाह्र तारिख बाह्रौँ राष्ट्रिय जन कंग्रेसको तेस्रो अधिवेशनमा बैँकिङ्ग सुधार तथा विकासबारेको पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। यसका साथै सिल्क रोड कोष लिमिडेट कम्पनीका महाप्रबन्धकचिन छीले सिल्क रोडबारेको सम्बन्धित विषयबारेको प्रश्नको जवाफ दिनुभएको छ। उहाँले "सिल्क रोड आर्थिक क्षेत्र तथा एकाइसौँ शताब्दी समुद्री सिल्क रोड" भूमिमा सीमित नभएको भन्दै पारस्परिक सम्पर्क तथा पारस्परिक आदानप्रदानको माग भएमा सिल्क रोड कोषले सम्बन्धित कार्यक्रममा भाग लिनसक्नेबताउनुभयो।

         चिन छीका अनुसार, सिल्क रोड कोष एउटा मध्य र दीर्घकालीनविकास तथा लगानी कोष हो। जसले "सिल्क रोड आर्थिक क्षेत्र तथा एकाइसौँ शताब्दी समुद्री सिल्क रोड" सम्बन्धित मुलुकमा पारस्परिक सम्पर्क तथा पारस्परिक आदानप्रदानको लक्ष्य साकार तुल्याउन सेवा प्रदान गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ