फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा नयाँ चरणबद्ध कानूनको सुधार सुरु

(GMT+08:00) 2015-03-12 18:52:28

          चीनको सर्वोच्च जनअदालतका प्रमुख चौ छ्याङ्ग तथा सर्वोच्च जन-न्यायाधिवक्ता कार्यालयका मुख्य न्यायाधिवक्ता छाउ च्येन मिङ्गले आज बाह्र तारिख बेग्लाबेग्लै बाह्रौँ राष्ट्रिय जन-कंग्रेसको तेस्रो अधिवेशनको पूर्ण बैठकमा कार्य-प्रतिवेदन प्रस्तुत गर्नुभयो। कानूनबमोजिम राष्ट्रिय प्रशासन कार्य सकारात्मकरुपमा बढाउने सुरुवात् वर्षमा यी कार्य-प्रतिवेदनहरूले कानूनको सुधारबारेको विषयलाई महत्व दिएको छ।

          वर्तमान कानूनको कार्यान्वयनमा निष्पक्ष नभएको समस्याको समाधान गर्न तथा निष्पक्षता साकार तुल्याउनका लागि चीनले कानूनको कार्यान्वयनमा जोड दिइरहेको छ। सर्वोच्च जनअदालत तथा सर्वोच्च जन-न्यायाधिवक्ता कार्यालयले यसभन्दा अघि आफ्नो सुधारबारेको समष्टिगत दस्ताबेजको तर्जुमा गरेर बेग्ला बेग्लै 65 वटा र 42 वटा ठोस् सुधार कार्यभार सार्वजनिक गरेका छन्। सर्वोच्च जनअदालतको घुम्ती अदालतको स्थापना र अन्तर्क्षेत्रीय अदाल तथा अन्तर्क्षेत्रीय न्यायाधिवक्ता कार्यालयको स्थापना, फरक कानूनी व्यक्तिको फरक व्यवस्थापन तरिका नियम आदि सुधार गरिएका नियम क्रमश बढाइएको छ। यसले कानूनी क्षेत्रको अझ गहिरो बाधा हटाउनका लागि काम गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ