फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा चालु दुई अधिवेशनलाई श्रीलंकाका मौद्रिक मन्त्रीद्वारा शुभकामना

(GMT+08:00) 2015-03-13 15:02:41

    चीनको राजधानी पैचिङमा चालु दुई अधिवेशनलाई श्रीलंकाका मौद्रिक मन्त्री रबी करुना नायकले शुभकामना दिनु भएको छ। हिजो 12 तारिख चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमार्फत चीन सरकारलाई अधिवेशन सफलताको कामनासँगै निरन्तर रुपमा श्रीलंकाको विकासमा चौतर्फी सहयोग प्रदान गर्ने आशा पनि उहाँले गर्नुभएको छ।

    पत्रकारसँगको अन्तर्वार्तामा चीनले सफलता पूर्वक दुई अधिवेशनको आयोजना गरेको हुनाले श्रीलंकाको एकिकृत पार्टीको प्रतिनिधित्व गरी उहाँले चालु दुई अधिवेशन मार्फत चीनमा ठूलो परिवर्तन आउने विश्वास पनि व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो श्रीलंकाका मौद्रिक मन्त्रीको हैसियतले चीन सरकारले श्रीलंकाको विकासमा चौतर्फी सहयोग प्रदान गर्ने कुरामा म पूर्ण आशावादी छु।

जानकारी तथा लेखहरु
सुझाउ