फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा बौद्ध धर्मका भिक्षुहरु अनुकूल नीति

(GMT+08:00) 2015-03-13 16:04:01

    गन्डान, ड्रेपुङ र सेरा मन्दिर तथा तिब्बतका अन्य मुख्य बौद्घ मन्दिरका उच्च भिक्षुले हिजो 12 तारिख बेलुका छलफल गर्नुभएको छ। सो अवसरमा ऊन्डान बौद्ध मन्दिरका उच्च भिक्षु आ वान कान छ्युऔनले मन्दिरको मर्मत र जीवनमा भिक्षुहरुको वास्तविक कठिनाइको समाधान गर्न सरकारले महत्वपूर्ण कमद चालेको बताउनुभयो। उहाँले तिब्बती बौद्ध धर्म मेलमिलापयुक्त विकास गर्ने राम्रो माध्यम रहेको पनि बताउनुभयो।

    केही वर्षदेखि तिब्बत स्वायत्त प्रदेशले बौद्ध मन्दिर र भिक्षुका लागि फाइदाजनक विभिन्न नीति अवलम्वन गरेर 46 हजार भिक्षुहरुलाई ती नीतिमार्फत हित प्रदान गर्दै आएको छ।

    ल्हासामा पर्ने सेरा मन्दिरका भिक्षु टासी च्येन चाउले शान्तिपूर्ण रुपमा तिब्बतको मुक्ति भएपछि राष्ट्रिय धार्मिक नीतिलाई तिब्बतमा निरन्तर रुपमा व्यवहारमा उतारिएको र तिब्बती जनताको धार्मिक स्वतन्त्रलाई प्रत्याभूति गरिएको हुनाले भिक्षुहरुको जीवन स्तरमा पनि ठूलो परिवर्तन आएको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ