फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेलायतद्वारा एशियाली पूर्वाधार लगानी बैंकको सदस्य बन्न आवेदन

(GMT+08:00) 2015-03-13 19:06:21

    बेलायतले औपचारिक रुपमा एउटा रचनात्मक सदस्य मुलुकको हैसियतले चीनको नेतृत्वमा रहेको एशियाली पूर्वाधार लगानी बैंकमा संलग्न हुन आवेदन दिएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता हौङ लैइले आज 13 तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा बेलायतले चीन पक्षलाई सम्बन्धित निश्चित पत्र दिएको र चीनले बेलायतको निर्णयलाई स्वागत गरेको बताउनुभयो।

    एशियाली पूर्वाधार लगानी बैंकको रचनात्मक सदस्य मुलुकको प्रथम वार्ता प्रतिनिधि सम्मेलनका अध्यक्षको हैसियतले चीनले बहुपक्षीय प्रगतिअनुसार अरु रचनात्मक सदस्य मुलुकलाई सुझाव मागेको छ। सबै कुरा सुचारु भएको छ भने बेलायतले मार्चको अन्तमा औपचारिक रुपमा एशियाली पूर्वाधार लगानी बैंकको एउटा रचनात्मक सदस्य मुलुक बन्ने छ।

जानकारी तथा लेखहरु
सुझाउ