फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालु अधिवेशनलाई नेपालका रमेशकुमार भट्टराईको शुभकामना सन्देश

(GMT+08:00) 2015-03-14 17:17:39

सीआरआई श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका पूर्व अध्यक्ष रमेश कुमार भट्टराईले बार्‍हौँ चिनियाँ राष्ट्रिय जनकंग्रेसको तेस्रो अधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्दै इमेल लेख्नु भएको छ। उहाँले लेख्नु भएको छ ——चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन बार्‍हौँ राष्ट्रिय समितिको तेस्रो अधिवेशन सफलता पूर्वक सम्पन्न भएकोमा हार्दिक बधाई तथा बार्‍हौँ चिनियाँ राष्ट्रिय जनकंग्रेस पनि यसरी सफल हुने आशा प्रकट गरेको छु। चीनले निर्धारण गर्ने कतिपय राजनैतिक प्रश्नहरुमा यस निकायले निर्वाह गरेको भूमिका इतिहासका पानामा स्वर्ण अक्षरले लेखिनेछन् । त्यसैगरी चिनियाँ राष्ट्रिय जन–कांग्रेस चीनको सर्वोच्च विधायिकी अंग हो। सर्वोच्च राजसत्तासम्पन्न अंगले उपयोग गर्नुपर्ने अन्य हक अधिकारहरु राष्ट्रिय जन–कांग्रेसको अधिकार क्षेत्रभित्र पर्ने हुनाले पनि यस पटकको चिनियाँ राष्ट्रिय जन–कांग्रेसको वार्षिक अधिवेशन चिनियाँ जनताका लागि मात्र नभएर सिंगो विश्वको लागि उत्साह र चासोको विषय भएको छ। विश्वको दोश्रो ठूलो अर्थतन्त्र भएको मुलुक र संयुक्त राष्ट्रसंघको स्थायी सदस्य समेत भएको नाताले पनि चीनमा सम्पन्न हुन लागेका यी दुवै अधिवेशनहरुको दूरगामी प्रभाव विश्वभर पर्ने हुनाले पनि यस पटकको अधिवेशनलाई अझ चनाखो, अझ उत्सुकता र महत्वकासाथ हेरिने निश्चित छ ।

"जनगणतन्त्र चीनको संविधानमा" जनगणतन्त्र चीनको सर्वाधिकार जनतामा निहित भएको कुरा उल्लेख गरिएको छ । जनताले राज्य–सत्ताको सञ्चालन गर्ने अंग चाहि राष्ट्रिय जन–कांग्रेस तथा विभिन्न तहका स्थानिय जन–कांग्रेसहरु हुन्। जन–कांग्रेसको व्यवस्था जनगणतन्त्र चीनको मूलभूत राजनैतिक व्यवस्था हो । यीनै यर्थाथहरुलाई मध्यनजर गरेर हेर्दा सम्पन्न हुन लागेको बार्‍हौँ चिनियाँ राष्ट्रिय जन–कांग्रेसको तेस्रो अधिवेशनबाट विश्वले थुप्रै अपेक्षा राखेको छ।

जानकारी तथा लेखहरु
सुझाउ