फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौँ राष्ट्रिय जन कंग्रेसको तेस्रो अधिवेशनसम्पन्न

(GMT+08:00) 2015-03-15 11:49:35

          बाह्रौँ राष्ट्रिय जन कंग्रेसको तेस्रो अधिवेशन मार्च पन्ध्र तारिख विहान पैचिङस्थित जन बृहत सभा भवनमा सम्पन्न भएको छ। अधिवेशनको अन्तमा चौथो पूर्ण बैठक आयोजना गरेको छ। गत मार्च 5 तारिख सुरु भएर साढे दश दिनमा बाह्रौँ राष्ट्रिय जन काँग्रेसको तेस्रो अधिवेशनले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ।

          अधिवेशनमाका अध्यक्ष मण्डलका स्थायी अध्यक्ष एवं कार्यकारी अध्यक्ष चाङ्ग द च्याङ्गले उक्त समापन अधिवेशनको अध्यक्षता गर्नुभएको हो। सी चिन फिङ्ग, ली ख छ्याङ्ग, यु चङ्ग शङ्ग, लिउ युन शान, वाङ्ग छि शान तथा चाङ्ग काउ ली जस्ता उच्च चिनियाँ नेताहरु उक्त सम्मेलनमा उपस्थित हुनुभएको थियो।

          सम्मेलनको अवधिमा लगभग तीन हजार प्रतिनिधिहरूले संविधान तथा कानूनद्बारा दिइएको कर्तव्य निष्ठापूर्वक लागू गर्दै सरकारी कार्य-प्रतिवेदन तथा अरु प्रतिवेदनको लेखाजोखा तथा अनुमोदन गरेको, बितेको एक वर्षमा चीनका विभिन्न पक्षमा हासिल गरिएको उपलब्धि तथा अनुभव सरांश गरेको र यस वर्षको मुख्य कार्यभार तथा कार्य बन्दोबस्त कार्यस्पष्टरुपमा प्रस्तुत गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ