फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन नेपाल कुटनीतिक सम्बन्धको साठीऔँ वार्षिकोत्सवका अवसरमा चीनका लागि नेपाली दूताबासद्वारा विशेष कार्यक्रमको आयोजना

(GMT+08:00) 2015-03-18 18:35:18

चीन र नेपालबीचमा कुटनीतिक सम्बन्ध स्थापना भएको साठीऔँ वार्षिकोत्सवका शृङ्खलावद्ध कार्यक्रम आयोजना गर्ने क्रममा आज मार्च 18 तारिख बुधबार पैचिङस्थित नेपाली दूताबासले विशेष कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपाल र चीनबीचको कुटनीतिक सम्बन्ध अत्यन्त सुमधुर र प्रगाढ रहेको बताउनुभयो। उहाँले चीन नेपाल सम्बन्ध सरकारी र कुटनीतिक क्षेत्रभन्दा धेरै फराकिलो रुपमा जनस्तरमा फैलिएको बताउनुभयो।

चीन भ्रमणका क्रममा आजै बिहान चीनका परराष्ट्रमन्त्री वाङ यीसँग भेट गरी छलफल गर्नु भएका मन्त्री पाण्डेले दुई देशबीचको सम्बन्धमा आत्मीयता र सद्भावले महत्वपूर्ण काम गरेको बताउनुभयो। कार्यक्रममा चीनका लागि नेपाली राजदूत डा महेशकुमार मास्केले आफ्नो कार्यकालमा दुई देशबीचको कुटनीतिक सम्बन्धको 60औँ वार्षिकोत्सव परेको र यसलाई सफल बनाउनका लागि विभिन्न कार्यक्रमहरु आयोजना हुँदै जाने बताउनुभयो।

कार्यक्रममा नेपालका लागि पूर्व चिनियाँ राजदूत लगायत नेपाल विज्ञ वरिष्ठ चिनियाँ वुद्धिजीवीहरुले समेत सम्बोधन गर्नु भएको थियो।

नेपाली दूताबासको सभाहलमा आयोजित कार्यक्रममा चीन नेपाल मैत्री संघका प्रतिनिधि लगायत विभिन्न चिनियाँ संचार माध्यमको बाक्लो उपस्थिति थियो। कार्यक्रमपछि नेपाली सेनाको दिवसको अवसरमा विशेष स्वागत रात्रिभोज कार्यक्रमको आयोजना गरिएको थियो।

चेतनाथ आचार्य

सीआरआई

नेपाली दूताबास,पैचिङ

जानकारी तथा लेखहरु