फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको पहिलो लोक संग्रहालय सर्वसाधारणका लागि खुल्ला

(GMT+08:00) 2015-04-13 18:26:13

तिब्बतको छ्युन च्वे प्राचीन हतियार संग्रहालय सर्वसाधारणका लागि हालै खुल्ला गरिएको छ जुन तिब्बतको पहिलो लोक संग्रहालय बनेको छ। यस संग्रहालयमा संग्रह गरिएका पूरातात्विक वस्तुहरुले तिब्बती, हान, मान, मङ्गोलियायी आदि धेरै जातिको विशेष प्रतिनिधित्व गर्दछन्।

तिब्बत स्वायत्त प्रदेशको पूरातात्विक वस्तु व्युरोका प्रमुख साङ्ग पुले जनाउनुभएअनुसार तिब्बतले शक्तिशाली रुपमा यस लोक संग्रहालयको निर्माणमा समर्थन दिएको छ। तिब्बतको मुख्य ऐतिहासिक चरणको मुख्य विशेषता समेटिएको सो संग्रहालय ल्हासा शहरको मजुगङ्गखा जिल्लामा पर्दछ भने यसको कूल क्षेत्रफल पन्ध्र सय वर्गमिटर छ।

छ्युन च्वे प्राचीन हतियार संग्रहालयका वस्तु मुख्य गरी तिब्बती जातिय लोक पुरातात्विक वस्तु संग्रहकर्ता छ्युन च्वेद्बारा प्रदान गरिएको हो। लगभग तीस वर्षभित्र छ्युन च्वेले पुराना हतियार, रेशमी बस्तु, फर्निचर लगायत दश हजारभन्दा बढी मूल्यवान पूरातात्विक वस्तु संकलन गर्नुभएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ