फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"तिब्बतको विकास मार्ग ऐतिहासिक छनौट"शीर्षकको श्वेतपत्र सार्वजनिक

(GMT+08:00) 2015-04-15 18:52:36

चीनको राज्य परिषदअन्तर्गत प्रेस कार्यालयले पन्ध्र तारिख "तिब्बतको विकास मार्ग ऐतिहासिक छनौट"शीर्षकको श्वेतपत्र जारी गर्दै "मध्यम मार्ग"चीनलाई पृथकता गर्ने र तिब्बती जाति लगायत सारा चिनियाँ जनताको आधारभूत हित विपरीत हुने टिप्पणी गरेको छ।

20औं शताब्दीको सत्तरी दशक भएपछि चीन र अमेरिकाबीचको सम्बन्ध सकारात्मक बन्दै गएको उल्लेख गर्दै श्वेतपत्रमा चौधौं दलाई समूहले तिब्बत स्वतन्त्रका लागि सम्बन्धित नीति परिवर्तन गरेर तथाकथित "मध्यम मार्ग"को नारा प्रस्तुत गरेको उल्लेख छ। दलाई समूहले उक्त नारा प्रसार गर्दै सधैं नै"ठूलो तिब्बती क्षेत्रलाई"उक्साउँदै गएको छ। वास्तवमा "ठूलो तिब्बती क्षेत्र"चीनको प्रशासनिक क्षेत्रको विभाजनको इतिहासमा आधार विपरीत हो भने पश्चिमी शासकहरूले चीनमाथिको अतिक्रमणभावबाट उब्जिएको हल्ला मात्रै हो। जुन हल्ला छिङ्गहाइ-तिब्बती पठारका विभिन्न जातिले संयुक्त रुपमा गरेको विकास इतिहास तथा संस्कृतिमा ध्यान नदिई चीनको वास्तविक अवस्थाबाट अलग्गै रुपमा उठाइएको छ।

प्राचीनकालदेखि तिब्बत चीनको एक भाग रहँदै आएको छ। तिब्बती जाति चीनका लामो इतिहास सहितका जातिहरुमध्येका एक हुन्। प्रचुर पूरातात्विक प्रमाण र ऐतिहासिक अनुसन्धानबाट तिब्बती जाति र हान जातिबीच रगत, भाषा र संस्कृति आदि सम्बन्ध छ।

धेरै वर्षयता चौधौं दलाई समूहले "स्वतन्त्र तिब्बत"लाई साकार तुल्याउनका लागि सधैं तिब्बती जाति र चीनका अन्य जातिबीचमा बाधा तथा अन्तर्विरोध सिर्जना गर्दै आएको छ। चीनको केन्द्रिय सरकारले चौधौं दलाई लामाले आफ्नो जीवनमा उक्त अव्यावहारिक लक्ष्यलाई त्यागेर उचित बाटोमा लाग्नसक्ने आशा गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ