फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एघारौं चीन बहिर्गमन यात्रा र पर्यटन बजार मेलामा नेपालको सहभागिता

(GMT+08:00) 2015-04-16 18:10:58

एघारौं चीन बहिर्गमन यात्रा र पर्यटन बजार नामक पर्यटकीय मेला विहीबार चीनको राजधानी पैचिङ्गमा समापन गरिँदैछ। अप्रिल 14देखि आयोजित यस तीन दिने मेलामा नेपालसहित 65वटा मुलुकको सहभागिता रहेको थियो।

नेपालबाट नेपाल पर्यटन बोर्डको अगुवाईमा हिमालयन ग्लेसियर, अभिवादन होलिडेज, ग्लोबल एशिया गरी तीन ट्राभल तथा ट्रेकिङ्ग एजेन्सी र साङ्ग्रिल होटेल तथा रिसोर्टले आफ्नो स्टल राखेका छन् भने सहभागी सबै मुलुकबाट करिब 380 वटा स्टल छन्।

हाल वर्षिक रुपमा दश करोड चिनियाँले विदेश भ्रमण गर्ने गरेको तथ्याङ्क छ। यस वर्ष 2015मा चिनियाँ पर्यटकको मात्रा 16.8% प्रतिशतले बढ्ने विभिन्न पर्यटकीय संस्थाले आकलन गरिरहेको बेला यस पर्यटकीय मेलाको महत्व झनै बढेको छ।

हिमालयन ग्लेसियर ट्रेकिङ्गका सागर पाण्डेले हाम्रा सम्वाददातालाई यस मेलाबारे चर्चा गर्दै चिनियाँले नेपालप्रति अधिक चासो देखाएको र दुई देशको राजधानीबीच सीधा हवाइ उडान निकै आवश्यक भएको बताए। नेपाल पर्यटन बोर्डका जनसम्पर्क तथा प्रचार अधिकृत सूर्य थपलियाले यस मेलामा चिनियाँ युवालाई आकर्षित गर्ने कार्यक्रम ल्याएको भन्दै यस मञ्चबाट नेपालबारे थप प्रचारप्रसार गर्ने अवसर जुटेको बताउनुभयो।

यस मेलामा हुने कार्यशाला गोष्ठी तथा सेमिनारबाट प्रदर्शक तथा आगन्तुक दुवैलाई फाइदा पुग्ने आयोजकको भनाइ छ। सोसाइटी अफ इन्सेन्टिभ एण्ड ट्राभल एग्जिक्यूटिभ साइट चाइना, प्यासिफिक एशिया ट्राभल एसोसिएसन, अफ्रिका ट्राभल एसोसिएसन, चीन बहिर्गमन पर्यटन अनुसन्धान संस्था, चिनियाँ पर्यटन प्रतिष्ठान लगायतका सँघसँस्था यस मेलाका आयोजक हुन्।

जानकारी तथा लेखहरु
सुझाउ