फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती नागरिक तथा भिक्षुसँग सम्पूर्ण धार्मिक स्वतन्त्रता रहेको छ:तिब्बती विद्वान

(GMT+08:00) 2015-04-17 18:24:22

 हाल तिब्बतमा जम्मा 1 हजार 7 सय 87 वटा ठूला साना गुम्बा तथा धार्मिक स्थान रहेका छन्। तिब्बती बौद्ध धर्म,वोन,इस्लामिक,क्याथोलिक धर्म लगायत बहुधर्म तिब्बतमा सहअस्तित्व कायम राखेर धर्मावलम्बीहरुबीचको सामान्य धार्मिक सहिष्णुता फैलिरहेको छ।

"तिब्बतको विकास मार्ग ऐतिहासिक छनौट"शीर्षकको श्वेतपत्रको अनुसन्धानका लागि विहान तिब्बतमा आयोजित गोष्ठीमा तिब्बती सामाजिक तथा बैज्ञानिक प्रतिष्ठानअन्तर्गत धर्म अनुसन्धान व्युरोका उपप्रमुख पू छङ्गले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार हाल तिब्बतको धार्मिक कार्य सम्बन्धी सिद्धान्त तथा नीतिमा लगातार पूर्णता दिलाउने काम भैरहेको छ। हाल केही वर्ष यता केन्द्रीय सरकारले "सेवायुक्त शैली सरकार"को निर्माण भन्ने कल्पना प्रस्तुत गरेको छ। यस कल्पनामा आधारित भई तिब्बतले सन्2011 देखि गुम्बा व्यवस्थापन कार्यलाई नवीनता दिने परियोजना लागू गरेको छ। जुन परियोजना व्यवस्थापनबाट सेवासम्म परिवर्तन गर्ने एक विशिष्ट उदाहरण हो।

दर्जनौं वर्षदेखि चीन सरकारले प्राकृतिक प्रकोप आदि कारणले ध्वस्त भएको धार्मिक स्थानको मर्मत गर्न र महत्वपूर्ण धार्मिक पुरातात्विक स्थानको सरक्षणका लागि ठूलो पुँजी छुट्याएको छ। गोष्ठीमा अर्का अनुसन्धानकर्ता तुन चु ला चेले तिब्बती धर्म केवल केन्द्रीय सरकारको समर्थनमा मात्रै वास्तविक रुपमा विकसित हुनसक्ने धारणा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ