फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले पाकिस्तान र इण्डोनेशियाको भ्रमण गर्नुहुने

(GMT+08:00) 2015-04-17 18:24:55

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले तेह्र तारिख जनाउनुभएअनुसार चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले पाकिस्तान र इण्डोनेशियाको भ्रमण गर्नुहुने भएको छ।

पाकिस्तानी राष्ट्रपति मामून हुस्सैन र प्रधानमन्त्री नावाज शारिफको निमन्त्रणामा चिनियाँ राष्ट्राध्यक्ष सीले यसै अप्रिल 20 तारिखदेखि 21 तारिखसम्म पाकिस्तानको राजकीय भ्रमण गर्नुहुने भएको हो।

त्यसैगरी इण्डोनेशियाका राष्ट्रपति जोको विदोदोको निमन्त्रणामा राष्ट्राध्यक्ष सीले 21 देखि 24तारिखसम्म इण्डोनेशियामा एशिया-अफ्रिका नेता स्तरीय सम्मेलन र बाङ्गडुङ्ग सम्मेलनको साठीऔं वार्षिकोत्सव समारोहमा भाग लिनुहुने कार्यक्रम रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ