फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका कानुनमन्त्रीको स्वागतमा नेपाली दूताबासद्वारा स्वागत दिवाभोजको आयोजना

(GMT+08:00) 2015-04-18 17:01:33

एसिया तथा अफ्रिका कानुन परामर्श दात्री संगठनको वार्षिक अधिवेशनमा भाग लिन तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा आउनु भएका नेपालका कानुनमन्त्री नरहरी आचार्यको स्वागतमा नेपाली दूताबासले आज शनिबार अपरान्ह दिवाभोजको आयोजना गरेको छ।

दूताबासले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री आचार्यले चीनले अवलम्बन गरेको कानुनी शासन र भ्रष्टाचार विरुद्धको अभियानले अन्तर्राष्ट्रिय रुप लिएको र नेपालले पनि यसबाट राम्रो अनुभव लिन सक्ने बताउनुभयो। उहाँले एसिया तथा अफ्रिका कानुन परामर्श दात्री संगठनको अधिवेशनमा अतिवाद र आतङ्कवाद विरुद्धमा गहन छलफल भएको बताउँदै चीनले लिँदै आएको क्षेत्रीय शान्ति र स्थिरताको नीतिलाई सहभागी सबैले मुक्त कण्ठले समर्थन गरेको बताउनुभयो।

सो अधिवेशनमा भाग लिनुका साथै चीन भ्रमणका क्रममा मन्त्री आचार्यले चीनका उच्च व्यक्तिहरुसँग भेट गरी दुई पक्षीय छलफल पनि गर्नु भएको छ। मन्त्री नरहरी आचार्यले चीनको सर्वोच्च जन प्रोसिकुरेट्सका प्रमुख,चिनियाँ न्याय मन्त्रालयका उपमन्त्री र चीनका सहायक विदेशमन्त्री भेट गरी दुई पक्षीय आदान प्रदान तथा सहयोग वृद्धिमा छलफल भएको सीआरआईलाई बताउनुभयो।

47 देशहरु सदस्य रहेको एशिया अफ्रिका कानुन परामर्शदातृ संगठनको पैचिङमा सम्मपन्न अधिवेशनमा 40 मुलुक र सातवटा विभिन्न राष्ट्र र अन्तर्राष्ट्रिय संस्थाका पर्यवेक्षक गरी एकसय 50 भन्दा बढी सहभागी रहेका थिए। सन् 1955मा इन्डोनेसियामा आयोजित बान्डुङ्ग सम्मेलनले यो संस्थाको स्थापना गराउन पहल गरेको र चालु वर्ष यसको 60 औँ वार्षिकोत्सव परेकाले निकै महत्व दिइएको छ। सन् 1956, नोभेम्बर 15, मा स्थापित यस संगठनको पूर्व नाम एसिया तथा अफ्रिका कानुन परामर्शदात्री समिति थियो। सन् 2001 बाट एसिया तथा अफ्रिका कानुन परामर्शदातृ संगठन रहेको छ।

कानुन मन्त्रालयका सहसचिव डिल्लीराज घिमिरे र उपसचिव कोशलचन्द्र सुवेदीसहित गत 12 तारिख पैचिङ आइपुग्नु भएका मन्त्री आचार्य आज शनिबार साँझ स्वदेश फर्कदै हुनुहुन्छ।

जानकारी तथा लेखहरु
सुझाउ