फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ युआनलाई आईएमएफको विशेष मुद्रा निकासी अधिकारमा राख्ने प्रक्रिया भैरहेको चीनको जन बैंकका गभर्नरको भनाइ

(GMT+08:00) 2015-04-18 17:47:23

चीनको जन बैंकका गभर्नर चौ स्याउ छ्वानले सत्र तारिख बोल्दै हाल चिनियाँ युआनलाई आईएमएफको विशेष मुद्रा निकासी अधिकारमा भित्र्याउनेबारेमा आवश्यक मूल्याङ्कन कार्यक्रम सुचारु रुपमा भइरहेको जानकारी दिनुभएको छ।

चिनियाँ युआनको अन्तर्राष्ट्रियकरण लगातार बढ्नु र व्यापार,लगानी,बित्तीय बजारको चाहनालाई विचार गरी चीनले आफ्नो सुधारलाई तिब्रता दिँदै गएकाले उक्त कार्यक्रमलाई प्रवर्द्धन गर्ने कुरा पनि गभर्नर चौले जनाउनुभयो।

नयाँ आर्थिक समूहलाई अझ बढी अधिकार दिने आईएमएफ व्यवस्थापन सुधारबारेमा चर्चा गर्दै गभर्नर चौले यस सुधारको कार्यन्वयनलाई धेरै समयदेखि लम्ब्याइएको बताउनुभयो र आईएमएफका सदस्य मुलुकले सम्बन्धित मस्यौदालाई छिटो पारित गर्नसक्ने आशा लिएको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ