फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आईएमएफको सुधारमा अमेरिकाबाट गरिएको अवरोधप्रति बीस मुलुक संगठनको निन्दा

(GMT+08:00) 2015-04-18 17:47:47

बीस मुलुक संगठनका अर्थमन्त्री तथा केन्द्रीय बैंक अध्यक्ष स्तरीय सम्मेलन सत्र तारिख वाशिङ्गटनमा सम्पन्न भएको छ। सम्मेलनपछि सार्वनजिक गरिएको विज्ञप्तिमा अन्तर्राष्ट्रिय मुद्रा कोष अर्थात् आईएमएफको सन्2010 सुधार मस्यौदामाथि अमेरिकाबाट दिइएको दबाबका कारण व्यवहारमा उतार्न संभव नभएकोप्रति गहिरो निराशा व्यक्त गरेको छ।

विज्ञप्ति अनुसार आईएमएफका लागि सन्2010 व्यवस्थापन सुधार मस्यौदाको महत्वमाथि विचार गरी बीस मुलुक संगठनले उक्त मस्यौदालाई छिटो लागू गर्नु नै पहिलो कार्यभार हो भन्दै अमेरिकाले सो मस्यौदालाई स्वीकृत गर्न ताकिता गरेको छ।

थाहा भएअनुसार सारा विश्वका 140 भन्दा बढी मुलुकले उक्त मस्यौदालाई स्वीकृत गरेका छन्। अन्तर्राष्ट्रिय समाजले आईएमएफको सुधारलाई प्रवर्द्धन गर्ने इच्छा बलियो बन्दै गएको छ। तैपनि अन्तर्राष्ट्रिय मुद्रा कोष सँगठनको सबैभन्दा ठूलो हिस्सेदारको हैसियतले अमेरिकाले उक्त मस्यौदालाई पारित गरेको छैन जसले आईएमएफको सुधार योजना लामो समयदेखि सञ्चालनमा आउन सकेको छैन।

जानकारी तथा लेखहरु
सुझाउ