फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण अफ्रिका सरकारबाट विदेशीको सुरक्षा गर्न आवश्यक कदम चल्ने

(GMT+08:00) 2015-04-18 18:11:07

दक्षिण अफ्रिकाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा सहयोग मन्त्री मायटे नकोयना माशबानेले 17 तारिख राजधानी प्रिटोरियामा दक्षिण अफ्रिकास्थित अफ्रिकी मुलुकका राजदुतहरुसँग आकस्मिक रुपमा भेट-वार्ता गर्नुभएको छ। सो अवसरमा उहाँले विदेशी हिंसात्मक घटना रोक्न दक्षिण अफ्रिकी सरकारद्बारा चालिएको कदमबारे जानकारी दिनुका साथै विदेशीको सुरक्षा गर्न सबै आवश्यक कदम चालिने कुरा व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार, दक्षिण अफ्रिका मानवता सम्मान गर्ने र कानूनबमोजिम शासन गर्ने मुलुक हो। दक्षिण अफ्रिकामा विदेशीमाथि लक्षित कुनै हिंसात्मक घटना हुन दिइएको छैन। दक्षिण अफ्रिकी सरकारले आवासविहिन विदेशीलाई आवास र जीवनमा आवश्यक वस्तु प्रदान गरेको छ। दक्षिण अफ्रिकी सरकारले अरु अफ्रिकी मुलुकहरुसँग सहयोगलाई सबल पारेर दिगो तथा स्थायी समाधानका उपाय खोज्ने कुरा पनि उहाँले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ