फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्र संघको मानवीय उद्धार संस्थाबाट यमनलाई सहायता दिन आग्रह

(GMT+08:00) 2015-04-18 18:11:35

युद्ध प्रभावित 75 लाख यमनी सर्वसाधारणलाई सहयोग गर्नका लागि राष्ट्र संघको मानवीय उद्धार संस्थाहरुले 17 तारिख अन्तर्राष्ट्रिय समाजसँग अपील गरेको छ। यमनलाई 27 करोड 40 लाख अमेरिकी डलरको सहायता जरुरी रहेको संघको भनाइ छ।

सोहि दिन राष्ट्र संघीय मानवीय उद्धार संस्था र सहायता साझेदारहरुले जोर्डनमा आपतकालीन कोष खडा गरेको संयुक्त राष्ट्र संघका महासचिवको वक्तव्यमा जनाइएको छ। संकलन गरिएको कोषको रकम यमनी सर्वसाधारणलाई चिकित्सा, खानपान र अस्थायी आवास आदि सहायतामा प्रयोग गरिने छ।

राष्ट्रिय संघीय मानवीय मामिला कार्यालयका अनुसार, मार्च महिनादेखि यमनमा भिडन्त चर्कँदै गएर देशका धेरै क्षेत्र प्रभावित भएका छन्। मार्च 26 तारिखदेखि सुरु भएको हवाइ आक्रमणबाट यमनका 22 प्रान्तहरुमध्ये 18 प्रान्तमा अस्पताल, विद्यालय, मस्जिद र विमानस्थल आदि आधारभूत प्रबन्ध ध्वस्त भएका छन्। विश्व स्वास्थ्य संगठनको तथ्याँकअनुसार, मार्च 19 तारिखदेखि अप्रिल 13सम्म भिडन्तबाट करिब 7 सय 60 जनाको मृत्यु हुनुका साथै तीन हजार जना घाइते भएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ