|
|
|
||
विश्व शान्तिको अभियानलाई जनस्तरीय सम्मेलनले नयाँ गतिदिने विश्वास उहाँले व्यक्त गर्नुभएको एसिया अफ्रिका जनएकता सङ्गठन नेपालका उपाध्यक्ष हिरण्यलाल श्रेष्ठले जानकारी दिनुभयो।
बाङ्डुङ सम्मेलनको नेपाल सक्रिय र आरम्भ देखिकै सदस्य रहेका सन्दर्भ जोड्दै राष्ट्रपति डा यादवले असंलग्न आन्दोलनको मूल मर्म र भावनालाई आत्मसात् गर्दै अगाडि बढेको तथा परस्परको सम्बन्ध र द्विपक्षीय तथा बहुपक्षीय लाभलाई आत्मसात् गरेको उल्लेख गर्नुभएको थियो।
दुई ध्रुवमा विभक्त विश्व समुदायलाई बाङ्डुङ सम्मेलनले एकता, मैत्री र सद्भावको दिशामा अगाडि बढाउन बाङ्डुङ सम्मेलनले मार्ग प्रशस्त गरेको स्मरणसमेत राष्ट्रपति डा यादवले गर्नुभएको थियो।
सो अवसरमा अफ्रो–एसियाली जनएकता सङ्गठन नेपालका अध्यक्ष एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले बाङ्डुङ सम्मेलनको 60औँ वर्षका अवसरमा जनस्तरको सम्मेलनको उद्देश्य र यसले जारी गर्ने काठमाडौँ घोषणापत्रका बारेमा जानकारी गराउनुभएको थियो। त्यस्तै एसिया अफ्रिका जनएकता सङ्गठनका अध्यक्ष डा हागिगीले सङ्गठनले अन्तर्राष्ट्रिय क्षेत्रमा खेलेको भूमिका र सम्मेलनको उपादेयताका बारेमा जानकारी गराउनुभएको थियो।
सन् 1955 मा भएको बाङ्डुङ सम्मेलन सकिएलगत्तै सन् 1958 मा जनस्तरमा एसिया–अफ्रिका जनएकता सङ्गठनको गठन भएको थियो। सम्मेलनपछि सरकारी र जनस्तरमा गरी दुईवटा सङ्गठन हाल क्रियाशील रहेका छन्।
सरकारीस्तरको सम्मेलन 60 वर्षपछि इन्डोनेसियाको राजधानी बाङ्डुङमा सुरु भएको छ भने जनस्तरको सम्मेलन काठमाडौँमा भइरहेको छ। जनस्तरमा रहेको सङ्गठनमा विश्वका 80 भन्दा बढी मुलुक सदस्य रहेका छन् भने त्यसमा सबै राजनीतिक दल, नागरिक समाज आबद्ध रहेका छन्। शान्तिका लागि नागरिकको अभियानलाई संस्थागत रुपमा अगाडि बढाउने संस्थाको प्रमुख उद्देश्य रहेको गोरखापत्र अनलाईनले जनाएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |