फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रतिनिधि मण्डल र माओवादी अध्यक्षबीच काठमाडौंमा भेटवार्ता

(GMT+08:00) 2015-04-19 18:04:35

चीनले संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेल्न एमाओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरेको छ।

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका सान्झी प्रान्तका सेक्रेटरी झेयो झेन्याङले आइतबार विहान एमाओवादी अध्यक्ष प्रचण्डलाई भेट्नुभएको थियो। प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा संविधान निर्माण, दुई देश र दुई पार्टीबीचको सम्वन्ध सुधारबारे छलफल भएको थियो।

भेटमा झेन्याङले नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको भेटमा सहभागी एमाओवादीका नेता अग्नि सापकोटाले जानकारी दिनुभयो। संविधान बनेपछि राजनीतिक स्थितरता कायम हुने र त्यसले नेपाललाई थप सहयोग गर्न आधार बन्ने चिनियाँ टोलीको धारणा थियो।

जवाफमा एमाओवादी अध्यक्ष प्रचण्डले दलहरुबीच सहमतिको प्रयास जानकारी गराउनुभएको अनलाईन खबरले लेखेको छ।

जानकारी तथा लेखहरु
सुझाउ