फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय सम्पदा दिवसको अवसरमा काठमाडौँ उपत्यकाका विश्वसम्पदा सूचीमा साइकल परिक्रमा

(GMT+08:00) 2015-04-19 18:04:55

अन्तर्राष्ट्रिय सम्पदा दिवसको अवसरमा काठमाडौँ उपत्यकाका विश्वसम्पदा सूचीमा सूचिकृत सात सांस्कृतिक सम्पदामा साइकलबाट परिक्रमा गरिएको छ। 'टुर डे लुम्बिनी पेडल फर पिस' नामक संस्थाको आयोजनामा उपत्यकाका धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवम् पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण सम्पदाको साईकल परिक्रमा गरिएको हो।

सांस्कृतिक सम्पदाको प्रवर्द्धन गरी पर्यटक बढाउने उद्देश्यले पहिलो पटक 'सम्पदा साइकलयात्रा' गरिएको संस्थाका महासचिव राजेन्द्र थापाले जानकारी दिनुभयो।

दरबारमार्गबाट सुरु भएको साइकलयात्रा भक्तपुरको चाँगुनारायण, पाटन दरबार स्क्वायरलगायतमा 60 किलोमिटर दुरीको यात्रा गरी पुनः दरबारमार्गमा आएर टुङ्गिएको आयोजक संस्थाले जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ