फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

" चीनको वृहत परिचय" नेपाली भाषाको पुस्तक नेपालमा प्रकाशित

(GMT+08:00) 2015-04-19 18:45:40

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाद्बारा अनुवादित " चीनको वृहत परिचय"18 तारिख नेपालको पोखरामा प्रकाशित भएको छ।

सिआरआईका निर्देशक वाङ्ग कङ्ग न्यानले पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै यो पुस्तकमार्फत् अझ बढी नेपालीहरुलाई चीनको इतिहास, सँस्कृति, भूगोल, जाति तथा सामाजिक जीवनबारे चासो लाग्नुका साथै चीनबारे अझ बढी जानकारी हासिल हुने आशा गर्नुभयो। सिआरआईले चीन र विश्वका श्रोता, इन्टरनेट प्रयोगकर्ता तथा पाठकलाई निरन्तर रुपमा नेपालको जानकारी दिनुका साथै नेपाली साथीहरुसँग सँगै दुई मुलुकको साँस्कृतिक आदान-प्रदानलाई अगाडि बढाउने इच्छा पनि उहाँले व्यक्त गर्नुभयो।

लामो समयदेखि दुई मुलुकको साँस्कृतिक आदान-प्रदानलाई घच्घच्याउन र मित्रतालाई गहन पार्नका लागि सिआरआईद्बारा गरिएको सक्रिय योगदानप्रति नेपाल सँस्कृति तथा कला विद्यालयका प्रमुख सरुभक्त श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयो। दुई मुलुकको दौत्य सम्बन्ध स्थापना भएको 60औं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाली भाषाको" चीनको वृहत परिचय"ले आपसी बुझाइलाई अघि बढाउन र परम्परागत मित्रतालाई सृढढ पार्न अझ बढी प्रभाव पार्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।

पोखरा कार्यवाहक मेयर उदय बहादुर रानामगरले यो पुस्तक प्रकाशित भएकोमा खुशी व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ