फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानी "डेली मेल" का सम्पादकबाट चीन-पाकिस्तान आर्थिक करिडोरको उच्च मूल्याङ्कन

(GMT+08:00) 2015-04-19 18:48:05

चीनका राष्ट्राध्यक्ष सी चिन फीङ्गले 20 तारिखदेखि पाकिस्तानको औपचारिक राजकीय भ्रमण गर्नुहुँदैछ। "एक पेटी एक मार्ग" रणनैतिक योजनाको महत्वपूर्ण भागको हैसियतमा चीन-पाकिस्तानबीच आर्थिक करिडोरप्रति पुनः ध्यानाकर्षण बढेको छ। पाकिस्तानी "डेली मेल"का सम्पादक माघडूम बाबारले सीआरआईलाई अन्तर्वार्ता दिँदै आर्थिक करिडोर आपसी आर्थिक सहयोगको महत्वपूर्ण विषय हुनुका साथै आवश्य नै हरेक पाकिस्तानी सर्वसाधारणलाई फाइदा पुर्‍याउने कुरा भएको बताउनुभयो।

उहाँका अनुसार, चीन सरकारले आर्थिक करिडोर योजनामा करिब 45 अर्ब अमेरिकी डलर लगानी गर्नेछ। साथै करिडोरको निर्माणले पाकिस्तानको अर्थतन्त्रमा ठूलो सम्वृद्धिको प्रभाव पार्नेछ। चीन-पाकिस्तान आर्थिक करिडोर एउटा मार्ग मात्र होइन राष्ट्रिय आर्थिक विकास गर्ने महत्वपूर्ण योजना हुनुका साथै दुइ मुलुकका नेतागणको निकै उच्च रणनैतिक लगानी पनि हो। यसको साथ जोडिएको ठूलो मूल्यले पाकिस्तान सरकार र व्यक्तित्व लगायत हरेक तहमा ठूलो परिवर्तन ल्याउनेछ।

जानकारी तथा लेखहरु
सुझाउ