फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एसिया–अफ्रिकी सम्मेलन इण्डोनेशियामा सुरु

(GMT+08:00) 2015-04-19 18:48:36

"दक्षिण-दक्षिण सहयोगलाई मजबुत बनाउँदै विश्वको शान्तिको प्रवर्द्धन"शीर्षकको एशिया अफ्रिकी सम्मेलनको साठीऔं वार्षिकोत्सव समारोहका लागि विश्व सरकारका उच्च पदाधिकारीहरु उन्नाईस तारिख इण्डोनेशियाको जकार्तामा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि भएका छन्।

एशिया र अफ्रिकाबाट आएका 88 मुलुकका उच्च पदाधिकारीहरुले उक्त सम्मेलनमा भाग लिएका छन्। इन्डोनेसियाको विदेश मन्त्रालयबाट थाहा भएनुसार 88मुलुकका प्रतिनिधि र 34 राष्ट्रिय वा सरकारी नेताले उन्नाईसदेखि चौबीस तारिखसम्म जाकार्ता र बाङ्गडुङ्गमा आयोजित एसिया-अफ्रिकी सम्मेलनको साठीऔं वार्षिकोत्सव समारोहमा भाग लिने निश्चित भएको छ।

सो समारोहको सुचारु संयोजनको प्रत्याभूति गर्नका लागि इन्डोनेसियाले छब्बीस हजारभन्दा बढी सेना र सन्तान्नब्वे सय सुरक्षाकर्मी खटाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ