फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफ्गानिस्तानमा भएको बम आक्रमणप्रति राष्ट्र संघको निन्दा

(GMT+08:00) 2015-04-19 18:49:02

पूर्वी अफ्गानिस्तानी शहर जलालाबादमा 18 तारिख बम आक्रमणमा परी कम्तीमा 35 जनाको मृत्यु हुनुका साथै सयौं जना घाइते भएका छन्। सोहि दिन राति संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनले एउटा वक्तव्य प्रकाशित गरी त्यसको कडा निन्दा गर्नुका साथै आक्रमणकारीमाथि सक्दो छिटो कार्वाहीका लागि अपील गर्नुभएको छ।

वक्तव्यमा उल्लेख भए अनुसार, महासचिव बान कि मूनले सबैभन्दा कडा शब्दद्बारा यो भयंकर आक्रमणको निन्दा गर्नुका साथै मृतकको परिवार र अफ्गानिस्तान सरकारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। उहाँले सबै अफ्गानी जनतासँग आतंकवाद र हिंसात्मक आतंकवादको विरोध गर्न पनि ताकिता गर्नुभएको छ।

अफ्गानिस्तानी प्रहरीका अनुसार, एक जना आत्मघाती आक्रमणकारीले एउटा बैंक नजिकै बम विष्फोट गराएको थियो। प्रहरीले घटनास्थल नजिकै अर्को बम पनि बरामद गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ