फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सहअस्तित्वका साथ दक्षिण एशियाको विकासमा योगदान गर्ने इच्छा रहेको चिनियाँ राष्ट्राध्यक्ष सीको भनाइ

(GMT+08:00) 2015-04-19 18:49:29

पाकिस्तानको राजकीय भ्रमण सुरु गर्नुअघि उन्नाइस तारिखका दिन चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले पाकिस्तानको "डेली जाङ्ग" र "डेली टाइम्स" सञ्चार माध्यममा "चीन पाकिस्तान जनताबीचको मित्रता अमर रहोस" शीर्षकको सन्देश सार्वजनिक गर्नुभएको छ।

उल्लेख भएअनुसार पाकिस्तानमा एक उर्दू भाषाको कविता छ: साथीको असल अनुहार मेरो मनमा बसेको एक ऐना जस्तै लाग्छ भने सधैं नै हेर्न सकिन्छ। राष्ट्राध्यक्ष सीको मनमा पाकिस्तान यस्तो साथी हो जुन दीर्घकालदेखि नै आपसका पुस्तौं पुस्ता नेताहरु र विभिन्न क्षेत्रका व्यक्तिहरुको संयुक्त प्रयासमा दुवै देशबीचको मित्रता बलियो रुपमा बाँडिरहेको एक रुख जस्तै छ। दुवै पक्षले विभिन्न क्षेत्रमा चौतर्फी सहयोग चलाएबाट दुई मुलुकका जनताका लागि खास तथा व्यवहारिक हित भएको छ। हाल दुई मुलुकले स्थिर रुपमा चीन पाकिस्तान आर्थिक करिडोरको निमार्णलाई प्रवर्द्धन गरिरहेका छन्।

चिनियाँ जनताले जन गणतन्त्र चीनको उत्थानका लागि सपना देखिरहेका छन्। चिनियाँ सपना शान्ति,विकास,सहयोग,साझा फाइदा भन्ने हो। जुन सपना अरु मुलुकका जनताको पनि कल्पना हो। चीनले पाकिस्तान लगायत दक्षिण एशियाली मुलुकसँग सहअस्तित्वमा जोड दिँदै सम्पूर्ण दक्षिण एशियाको विकासका लागि योगदान गर्नसक्ने आशा छ।,

जानकारी तथा लेखहरु
सुझाउ