फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानको आतंकवाद विरोधी शक्तिद्बारा चीन र पाकिस्तान आर्थिक मार्गको संरक्षण

(GMT+08:00) 2015-04-19 18:50:05

 चीन-पाकिस्तान आर्थिक मार्गको निर्माण"एक पेटी एक मार्ग"मध्येको प्रथम परियोजना हो। सो परियोजना सुचारु गराउने महत्वपूर्ण पूर्वाधार क्षेत्रीय शान्ति तथा स्थिरता हो। पाकिस्तान आतंकवादको विरोध गर्ने एक अग्रगामी मुलुक हो। हाल पाकिस्तान सरकारले आफ्नो देशको उत्तर पश्चिमी भागमा लुकेका सशस्त्र संगठनलाई शक्तिशाली रुपमा सखाप पार्ने गतिविधि संचालन गरेको छ।

पाकिस्तानी सरकार र सेनाको संयुक्त प्रयासमा पाकिस्तानको सम्पूर्ण सुरक्षा परिस्थितिमा सुधार आएको देखिन्छ। जसबाट चीन पाकिस्तान आर्थिक करिडोर निर्माणका लागि केही बाधा हटाइएको छ। हाल पाकिस्तानको कूटनीतिक मामिला तथा राष्ट्रिय सुरक्षा परामर्शदाता सर्ताज अजिजले पाकिस्तान सरकारले आतंकवादी संगठन र सशस्त्र तत्वलाई पाकिस्तानी भूमिबाट पूर्ण रुपमा हटाउन प्रयास गर्दै जाने छ भन्दै चीनसँग सुरक्षा चौतारो सम्बन्धी सहयोगलाई प्रवर्द्धन गर्ने आशा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ