फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङको पाकिस्तान भ्रमण छिमेकी सम्बन्धमा केन्द्रित

(GMT+08:00) 2015-04-20 10:24:03
       आज अप्रिल बीस तारिख विहान आठ बजे चीनका राष्ट्राध्यक्ष सी चिन फिङ विशेष विमानद्वारा पैचिङबाट पाकिस्तानको राजधानी इस्लामाबादतर्फ प्रस्थान गर्नुभयो। राष्ट्राध्यक्षको पाकिस्तान भ्रमण चीनका सर्वोच्च नेताको चालु वर्षको पहिलो विदेश भ्रमण भएको छ र छिमेकी राष्ट्रसँगको सम्बन्धमा ध्यान केन्द्रित देखिन्छ।

        पाकिस्तानका राष्ट्रपति मामनून हुसाइन र प्रधानमन्त्री नवाज शारिफको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले बीस र एकाइस तारिख पाकिस्तानको राजकीय भ्रमण गर्दै हुनुहुन्छ। त्यसपछि उहाँ इन्डोनेशियाका राष्ट्रपति जोकोको निमन्त्रणामा इन्डोनेशियामा हुने एशिया-अफ्रिका शिखर सम्मेलन र बान्डुङ्ग सम्मेलनको साठ्ठीऔँ वार्षिकोत्सवको समारोहमा उपस्थित हुनुहुने कार्यक्रम छ।

          पाकिस्तान भ्रमणअघि राष्ट्राध्यक्ष सी चिन फिङले पाकिस्तानी अखवार दैनिक जाङ्ग र दैनिक गब्राइनमा "चिनियाँ र पाकिस्तानी जनताको मित्रता अमर छ" शीर्षकको लेख प्रकाशित गर्नु भएको थियो। सो लेखमा पाकिस्तान भ्रमणप्रति आफूले अपेक्षा लिएको र आफ्नो पहिलो पाकिस्तान भ्रमण आफ्ना दाजु-भाइको घर जाने जस्तो लागेको राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।

          पाकिस्तान भ्रमणका क्रममा दुई पक्षले संयुक्त वक्तव्य जारी गर्नुका साथै विभिन्न क्षेत्रमा सहयोग सम्झौतामा हस्ताक्षर गर्ने जनाइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ