फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्बारा पाकिस्तानका सैनिक नेतासँग भेट-वार्ता

(GMT+08:00) 2015-04-21 11:07:10

        चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो बीस तारिख इस्लामाबादमा पुगेर पाकिस्तानी संयुक्त सेनाका चिफ अफ स्टाफ राशद महमुद, स्थल सेनाका चीफ अफ स्टाफ राहिल शरिफ, नौ सेनाका चिफ अफ स्टाफ मुहमद जाकौलाह र वायु सेनाका चीफ अफ स्टाफ मार्शल सोहाइल अमनसँग भेट-वार्ता गर्नुभयो।

         राष्ट्राध्यक्ष सीले पाकिस्तानी सेनाद्बारा चीन र पाकिस्तान बीचको सम्बन्धको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। उहाँले नयाँ परिस्थितिमा दुवै मुलुकले झन् घनिष्ट सम्बन्ध विकास गर्ने कुरामा पाकिस्तानी सेनाको समर्थन आवश्यक रहेकोमा जोड दिनुभयो। चीनले पाकिस्तानको स्वतन्त्रता, सार्वभौमिक्ता र अक्षुणतालाई कडा समर्थन गरेको पनि राष्ट्राध्यक्ष सीले बताउनुभयो।

         राशाद महमुदले राष्ट्राध्यक्ष सीलाई हार्दिक स्वागत गर्दै प्रतिरक्षा र सुरक्षा क्षेत्रको सहयोग दुवै मुलुक बीचको सम्बन्धमा महत्वपूर्ण भाग रहेको बताउनुभयो। पाकिस्तानलाई चीनले दिँदै आएको सहयोग र समर्थनलाई उहाँले प्रशंसा पनि गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ